गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टि– २० क्रिकेट प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।
मूलपानी माथिल्लो क्रिकेट मैदानमा गण्डकीले कोशी प्रदेशलाई ४ विकेटले पराजित गर्यो ।
गण्डकीका दिनेश बुढा मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले २४ बलमा ३३ रन जोडे ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हरायो ।
५२ बलको सामना गर्दै ६७ रन बनाउनुका साथै २ क्याच लिएका लुम्बिनीका आकाश त्रिपाठी ‘प्लेयर अफ दि म्याच’ चुनिए ।