पञ्जाब किंग्सले इन्डियन प्रिमियल लिग (आइपिएल)मा ऐतिहासिक जित निकालेको छ।
गएराति कोलकाता नाइट राइडर्समाथि अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गरी कीर्तिमानी जित निकालेको हो।
आइपिएलमा सनराइजर्स हैदरावादले सर्वाधिक योगफल बनाएको छ। तर ती लक्ष्य कुनैपनि टिमले पार गर्न सकेका थिएनन्।
यस अघि सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको कीर्तिमान २०२० को आइपिएलबाट राजस्थान रोयल्सको नाममा थियो।
गएराति कोलकाताले २६१ रनको योगफल बनाएकोमा पञ्जाबले मात्रे २ विकेट गुमाएर १८.४ ओभरमै २६२ रन बनाएको हो।
त्यसक्रममा जोनी बइर्स्टो र शशांक सिंह विस्फोटक ब्याटिङ गरी नट आउट रहे।
बइर्स्टोले ४८ बलमा ९ छक्का र ८ चौका प्रहार गरी १०८ रन बनाए भने शशांकले २८ बलमा २ चौका र ८ छक्का प्रहार गरी ६८ रन बनाए।
त्यसअघि प्रबशिमरन सिंहले २० बलमा ४ चौका र ५ छक्का प्रहार गरी ५४ रनको योगदान गरे। रिली रोस्सोले १६ बलमा १ चौका र २ छक्का प्रहार गरी २६ रन बनाए।
पञ्जाबले २४ छक्का र १५ चौका प्रहार गर्यो।
बलिङमा कोलकाताका सुनिल नारायणले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकाताले दुई ओपनरको अर्धशतकमा २६१ रन जोडेको थियो।
फिल सल्टले ३७ बलमा ६ चौका र ६ छक्का प्रहार गरी ७५ रन बनाए। अर्का ओपनर सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्का प्रहार गरी ७१ रन जोडे।
त्यसपछि वेंकटेश ऐयरले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे।
आन्द्रे रसेलले १२ बलमा २ चौका र २ छक्का प्रहार गरी २४ रन जोडे।
कप्तान श्रीयश ऐयरले १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २८ रनको योगदान गरे।
कोलकाताले १८ छक्का २२ चौका प्रहार गर्यो।
कोलकाता आइपिएलको अंक तालिकामा दोस्रो र पञ्जाब आठौं स्थानमा छ।