वेस्ट इण्डिज ‘ए’विरूद्धको खेलमा अभिनाश बोहराले विकेट लिएका छन्।
पन्ध्रौं ओभरको दोस्रो बलमा विकेट लिँदै अभिनाशले टिमलाई चौथो सफलता दिलाएका हुन्।
अभिनाशको बलिङमा केची कार्टी दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि उनले २६ बलमा ३८ रन बनाएका थिए। त्यसक्रममा २ चौका र ३ छक्का प्रहार गरे।
उनको विकेटपछि कदिम एलेन ब्याटिङमा आएका छन्।
१५ ओभर सकिँदा वेस्ट इण्डिजले ४ विकेट गुमाएर १४८ रन बनाएको छ।