वेस्ट इण्डिजविरूद्ध जितका लागि २०५ रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा २.१ ओभरमा नेपालले पहिलो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो।
उनी म्याथ्यु फोर्डीको बलमा कादिम एलेनबाट क्याच आउट भएका हुन्।
९ बलमात्रै खेलेका उनी ५ रन बनाएर आउट भएका हुन्।
४.५ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए।
उनलाई ओबेड मिककोयले आन्द्रे फ्लेचरबाट क्याच आउट गराएका हुन्।
आउट हुनुअघि भूर्तेलले १२ बलमा ३ चौका प्रहार गरी १६ रन बनाएका थिए।
भूर्तेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।
६ ओभर सकिँदा नेपालले ४३ रन बनाएको छ।