वेस्ट इन्डिज 'ए' विरूद्धको दोस्रो टी-२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो।
नेपाली टिममा पाँच परिवर्तन गरिएको छ।
नेपाली टिम : लोकेश बम, अनिल साह (विकेटकिपर), रोहिकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकास चन्द र कुशल भुर्तेल।
लोकेश बम, सागर ढकाल, आकास चन्द, आरिफ शेख र सोमपाल कामीले आजको मौका पाएका हुन्। हिजो खेलेका प्रतिश जिसी, ललित राजवंशी, अभिनास बोहरा, विवेककुमार यादव र कमलसिंह ऐरी आजको टिममा छैनन्।
नेपालले शनिबार भएको पहिलो खेलमा जित निकालेको थियो।
नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज 'ए' सँग सिरिज खेलेको हो।