वेस्ट इन्डिज 'ए' विरूद्धको दोस्रो टी-२० खेलमा नेपालले १० ओभरमा तीन विकेट लिन सफल भएको छ। वेस्ट इन्डिजले १० ओभर सकिदा ६४ रन मात्र जोडेको छ।
नेपालका लागि सागर ढकालले दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए।
सागरले तेस्रो ओभरमा वेस्ट इन्डिजका दुवै ओपनरलाई आउट गरे। उनले दोस्रो बलमा एलिक एनानेजलाई ६ रनमा कुलश मल्लबाट क्याच गराए। पाँचौ बलमा जोनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरे।
दशौं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले कप्तान रोस्टन चेजलाई २३ रनमा बोल्ड गरे। उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो।