दोस्रो टी-२० मा वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्ने क्रममा नेपालका ओपनर लोकेश बम घाइते भएका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उनी चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिजका ओबेड म्याककोएको बलमा पुल सट खेल्ने क्रममा घाइते भए। त्यसपछि उनी ‘रिटायर्ड हर्ट’ हुँदै मैदान बाहिरिन बाध्य भए।
उनलाई स्टेचरमा बाहिर ल्याइएको थियो। त्यसअघि उनले १७ रन जोडेका थिए।
उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। उनी आउट अनिल साह ब्याटिङमा आए।
चौथो ओभरमै अर्का ओपनर कुशल भुर्तेल २ रनमा आउट हुन पुगेका थिए।
अनिल साह १ रनमा आउट भएपछि बम फेरि मैदानमा छिरेका छन्।