दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ् गरेको नेपालले खराब सुरुवात गरेको छ।
नेपालले ६ ओभरमा ४ विकेट गुमाएको छ भने २८ रन जोडेको छ।
खेलका क्रममा घाइते भएर दोस्रो पटक ब्याटिङमा आएका ओपनर लोकेश बम १७ रनमा गुणाकेश मोतीबाट छैटौं ओभरमा बोल्ड भए।
त्यसअघि चौथो ओभरमा कुशल भुर्तेल २ रन र पाँचौ ओभरमा अनिलकुमार साह १ रनमा आउट भएका थिए।
लोकेश बम आउट भए लगत्तै छैटौं ओभरको अन्तिम बलमा कुशल मल्ल शून्यमा रनआउट भए।