दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ् गरेको नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्। उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यद्यपी खेलमा नेपालले १७ ओभरमा ७ विकेट गुमाउँदा १२२ रन जोडेको स्थिति छ। खेलमा नेपालले खराब सुरूवात गरेको थियो।
खेलका क्रममा घाइते भएर दोस्रो पटक ब्याटिङमा आएका ओपनर लोकेश बम १७ रनमा गुणाकेश मोतीबाट छैटौं ओभरमा बोल्ड भए।
त्यसअघि चौथो ओभरमा कुशल भुर्तेल २ रन र पाँचौ ओभरमा अनिलकुमार साह १ रनमा आउट भएका थिए। लोकेश बम आउट भए लगत्तै छैटौं ओभरको अन्तिम बलमा कुशल मल्ल शून्यमा रनआउट भए।
गुल्सन झा ११ बलमा २६ रन, आरिफ शेखले १३ रन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए।