काठमाडौं जिल्ला क्रिकट संघले बुधबारदेखि जयकुमार नाथ शाह यू-१६ मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगितामा १६ टिम रहेका छन्। १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृत इन्टरनेसनल स्कुल, शैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल रहेका छन्। समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल रहेका छन्। समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्ज हर्ट्स एकेडेमी स्कुल रहेका छन्। समूह ‘डी’ मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्सस इन्टरनेसल एकेडेमी र एलआरआई स्कुल रहेका छन्।
प्रतियोगिताको विजेत टिमलाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उपविजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर, बलर र इमर्जिङ खेलाडीलाई ५-५ हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ।
मुलपानीको तल्लो र माथिल्लो गरी कुल २७ खेल हुने प्रतियोगिताका प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १ हजार दिइनेछ। प्लेयर अफ दिन म्याचको कुल पुरस्कार २७ हजार पुरस्कार रहेको छ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल गरी तीन खेलको प्रत्यक्ष प्रसारण काठमाडौं टिभिबाट हुने पनि छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा जयकुमार नाथ शाहको परिवार रहनु हुनेछ। यस्तै सह प्रायोजक आयुष इन्टरनेसनल ओभरसिज सर्भिज रहेको छ। प्रतियोगिताका सहयोगी फ्रान्कलिन एजुकेसन कन्सल्टेन्सी (प्लेयर अफ दि म्याच र प्लेयर अफ दि प्रतियोगिताको प्रायोजक), पठाओ, टिम-११, सर्कल टेक प्रालि (डिजिटल पार्टनर), कान्तिपुर होलिडेज प्रालि, राष्ट्रिय बाणिज्य बैंक, इन्डिज, द पेभिलियन स्टोर, नेक्सस एजुकेसन कन्सल्टेन्सी, कृषि विकास बैंक, नेपमेड्स प्रालि (हेल्थ पार्टनर), नेवा बेभरेज प्रालि (बेभरेज पार्टनर) रहेका छन्।