लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा लखनउले मुम्बईविरूद्ध ४ विकेटको सहज जित निकालेको हो।
मुम्बईले दिएको १४५ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो।
त्यस क्रममा मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै कप्तान तथा ओपनर केएल राहुलले २२ बलमा ३ चौका र १ छक्काको मदले २८ रन जोडे।
दिपक हुडाले १८ र निकोलस पुरनले १४ रनको योगदान गरे।
बलिङतर्फ हार्दिक पाण्ड्याले २ तथा नुवन थुशरा, जेराल्ड कोत्जी र मोहम्मद नाबीले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १४४ रनको सामान्य योगफल तयार पारेको थियो।
मुम्बईका लागि नेहाल वाडेराले सर्वाधिक ४६ रन जोडे। उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
टिम डेविड १८ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाएर नट आउट रहे।
ओपनर इशान किशनले ३२ रन जोडे।
लखनउविरूद्धको खेलमा रोहित शर्मा ४ रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या शून्य रनमै पेभिलियन फिर्ता भएका थिए। तिलक बर्माले ७ रन मात्रै बनाए।
बलिङमा लखनउका मोहसिन खानले २ तथा मार्कस स्टोइनिस, नवीन उलहक, मयंक यादव र रवि बिस्नोईले १/१ विकेट लिए।
जितसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दिल्ली छैटौं स्थानमा छ।