वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ।
तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ।
पहिलो खेलमा सानदार जित निकालेको नेपाल त्यसपछिका दुबै खेलमा पराजित हुन पुग्यो।
चौथो खेल हुनुअघि नेपालले आगामी टी-२० विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ।
गएको तीन खेलमा विभिन्न खेलाडीहरूलाई मौका दिइएकोमा आजको खेल विश्वकप खेल्ने टोलीले खेल्ने सम्भावना छ।
बुधबार घोषणा भएको विश्वकप खेल्ने टिममा कप्तान रोहित पौडेल आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।
आशिफ शेखले जारी सिरिजमा स्थान पाएका छैनन्। कमल सिंह एरीले वेस्ट इण्डिज ए विरूद्धको पहिलो खेलको पहिलो ओभरमै विकेट लिएका थिए। सो खेलमा नेपाल विजयी भएको थियो।
आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउने छ।
नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल।
वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।