वेस्ट इण्डिज ए विरूद्ध जितका लागि १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा जबाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भूर्तेललाई गुमाएका हुन्।
भूर्तेल वेस्ट इण्डिजका ओबेड मिककोयले हेडेन वाल्सबाट क्याच आउट भए।
आउट हुनुअघि उनले ९ बलमा ३ चौका प्रहार गरी १३ रन बनाए।
उनको विकेटपछि आशिफ शेखसँग साझेदारी गर्न अनिल साह मैदानमा आएका छन्।