इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ।
गएराति लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँढेपछि प्लेअफ समीकरण पूरा भएको हो।
गएरातिको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले एक/एक अंक बाढेका हुन्।
अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, सनराइजर्स हैदरावाद दोस्रो स्थानमा, तेस्रो स्थानमा राजस्थान रोयल्स र चौथो स्थानमा रोयल च्यालेञ्जर्स बैंगलुरू छन्।
पहिलो र दोस्रो स्थानमा रहेका कोलकाता र हैदरावादले प्लेअफ खेल्नेछ। खेल भोलि साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियममा हुनेछ। जित्ने टिम फाइनल पुग्नेछ।
त्यस्तै तेस्रो स्थानको राजस्थान र चौथो स्थानको बैंगलुरूले बुधबार एलिमिनेटर खेल्नेछ।
एलिमिनेटरमा पराजित हुने टिम आइपिएलबाट बाहिरिनेछ भने जित्ने टिमले क्लालिफायरमा पराजित भएको टिमसँग फाइनलमा पुग्नका लागि खेल्नेछ।