फ्रान्क सुबुगा सन् १९९७ को आइसिसी च्याम्पियन्स ट्रफी खेल्दा १६ वर्षका थिए। लगभग तीन दशक पछि उनले टी-२० विश्वकप खेल्ने आफ्नो सपना पूरा गर्दैछन्।
४३ वर्षीय युगान्डाका अफ स्पिनर उनले युगान्डाले पहिलोपटक टी-२० विश्वकप खेल्दा सबभन्दा पाका खेलाडीको इतिहास बनाउनेछन्।
पाँच वर्षअघि विश्व क्रिकेट लिगको डिभिजन-४ मा रिलिगेसन हुँदा युगान्डका लागि टी-२० विश्वकप अकल्पनीय थियो।
प्रशिक्षकद्वय लरेन्स महतलेन र क्रेग विलियम्सले टोलीको प्रदर्शन निखार्न प्रमुख भूमिका खेले। गत वर्षको नोभेम्बरमा अफ्रिका छनोटमा युगान्डाले उत्कृष्ट खेल्यो।
युगान्डाले नामिबियासँगै छनोट हुन जिम्बाब्वेलाई पछि पार्यो। समूह चरणमा जिम्बाब्वेलाई हराएपछि उनीहरुले मैदानमा नाचेर उत्सव मनाएका थिए।
युगान्डा क्रिकेटमा पुस्ता परिवर्तन भए पनि सुबुगा सधैं टोलीको अग्रपंक्तिमा रहे। उनले सधैं टोलीका लागि महत्वपूर्ण योजना गरि नै रहे।
‘यो विश्वकपमा छनोट हुन पाउनु ठूलो थियो। जिम्बाब्वेलाई हराएपछि हामीले फेरि खेल्न पर्खन सकेनौं। केटाहरू धेरै उत्साहित छन् र अनुभव के हुनेछ भनेर पर्खिरहेका छन्,’ उनले भने, ‘मैले विगत २७ वर्षदेखि यसका लागि प्रयास गरिरहेको छु। म मेरो सपना साकार हुने प्रतिक्षामा थिए र अब यो भयो। म अहिले ४३ वर्षको छु, अगस्टमा ४४ वर्षको छु, त्यसैले यो मेरो लागि अचम्मको कुरा हो। म विश्वकपमा मेरो पहिलो खेलको प्रतीक्षा गर्न सक्दिन।’
उनले अघि भने, ‘हामी विश्वकपमा छनोट भएको देखेर सबैजना धेरै उत्साहित थिए, हामी छनोट हुने पहिलो युगान्डा पुरुष टोली हौं, र सबैजना जान्न चाहन्छन् कि हामी कहिले खेल्नेछौं ताकि उनीहरूले हेर्न सकून्। मानिसहरू उत्सुकताका साथ सुरु खेलको पर्खाइमा छन्।’
सुबुगालाई कम्पालाको लुगोगो क्रिकेट ओभलमा आफ्नो बुबाको कामका कारण खेल खेल्न अवसर जुरेको थियो। उनकी आमाले विभिन्न खेलकुद क्लबहरूको लागि खाजा पकाउने गर्थिन्।
उनी पूर्वी अफ्रिकाका लागि १९७५ क्रिकेट विश्वकप खेलेका स्यामुएल वालुसिम्बीलाई आफ्नो आइडियल मान्छन्। जसका कारण उनको खेलप्रतिको प्रेमलाई प्रेरित गरेको थियो।
‘मैले हक्की, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल खेलेको थिएँ, म टेनिसमा धेरै राम्रो थिएँ, म ह्यान्डबल खेल्थे र मलाई फुटबल पनि मन पर्छ,’ उनले भने, ‘मलाई क्रिकेट बलसँग डर लाग्थ्यो। त्यसैले हामीले टेनिस बलबाट सुरु गर्यौं र त्यहाँका प्रशिक्षकहरूले मलाई धेरै मद्दत गरे।मेरो भाइहरू खेल्थे, तिनीहरूमध्ये एक (रोजर मुकासा) अझै पनि मसँग राष्ट्रिय टोलीमा खेल्छ, र हाम्रा प्रशिक्षकलेहामीलाई क्रिकेट मैदानमा देख्दा हाम्रा बुबालाई दिनहुँ चार समोसा र दुईवटा सोडा दिनुहुन्थ्यो।’
उनले केन्या विरुद्ध एक शानदार डाइभिङ क्याच दुई वर्षअघि भाइरल भएको थियो।
युगान्डाले समूह ‘सी’मा वेस्ट इन्डिज र न्युजिल्यान्डसँगै अफगानिस्तान र पपुवा न्युगिनीसँग खेल्नेछ।
सुबुगाले आफूसँगै युवा खेलाडीले टिममा प्रभाव पर्ने विश्वास गरेका छन्।
‘४३ वर्षको उमेरमा खेल्न पाउँदा गर्व महसुस गर्छु, म अझैँ बलियो छु र म यसको लागि धेरै आभारी छु। मेरो दिनचर्या छ सामान्य छ। म बिहान सबेरै उठ्छु, बिहान ६ बजेतिर ७-८ किलोमिटर जगिङ गर्छु। त्यस पछि, म क्लबमा ट्रेन गर्छु। आन्द्रे रसेल र केन विलियनसनलाई बलिङ गर्ने कुरामा उत्साहित छु। विलियमसन अद्भुत ब्याट्सम्यान हुन्। यदि मैले उनको विकेट लिन सक्छु भने, म संसारको सबैभन्दा खुसी मानिस हुनेछु।’