आइसिसी टी-२० विश्वकपमा पाकिस्तानविरूद्ध भारत ११९ रनमा अल आउट भएको छ।
आइतबार राति न्युयोर्कमा पहिले ब्याटिङ गरेको भारत १९ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो।
समूह चरणको दोस्रो खेलमा भारतलाई अल आउट गर्ने क्रममा नसीम शाह र हरिश रौफले ३/३ विकेट लिए।
मोहम्मद अमिरले २ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए।
आजको खेलमा भारतका ओपनर विराट कोहली ४ रनमा आउट भए। कप्तान तथा अर्का ओपनर रोहित शर्मा १३ रनमा आउट भए।
भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलमा ६ चौका प्रहार गरे।
अक्षर पटेलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन जोडे।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यसअघि समूह चरणको पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग पराजित भएको थियो।
पहिलो खेलमा भारतले आयरल्याण्डलाई पराजित गरेको थियो।