आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँग खेल्दैछ।
खेलअघि दुई टोलीको तथ्यांक हेर्नुहोस् :-
● अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फर्म्याटमा (सिनियर) श्रीलंका र नेपालबीचको यो पहिलो प्रतिस्पर्धा हुनेछ।
● नेपालले टी-२० विश्वकपमा आफ्ना चार खेलमध्ये दुई जित र दुई हार बेहोरेको छ। नेपालले दश वर्षअघि हङकङ र अफगानिस्तानलाई हराएको थियो। दश वर्षअघि बंगलादेशसँग पराजित भएको नेपालले जारी विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो।
● श्रीलंकाले आइसिसी टी-२० विश्वकपको आफ्नो पछिल्लो तीन खेलमा लगातार पराजय भोगेको छ। उसले जारी विश्वकपका सुरुवाती दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग पराजय भोगेको थियो।
● नेपालले आफ्न पछिल्ला तीन टी-२० खेलमा पराजय भोगेको छ। एसिसी प्रिमियर खेलमा हङकङसँग पराजय भोगेको नेपालले विश्वकपको वार्म अप खेलमा क्यानडा र विश्वकपको खेलमा नेदरल्यान्ड्ससँग हारेको थियो। त्यसअघि नेपालले लगातार चार खेलमा जित निकालेको थियो।
● श्रीलंका टोलीको जारी विश्वकपको १९.२ को सामूहिक बलिङ औसत छ। यो टेस्ट प्लेइङ राष्ट्रको सबैभन्दा राम्रो बलिङ हो।
● नेपालका कुशल भुर्तेल नेपालका लागि ५० भन्दा बढी स्कोर दशौं पटक गर्ने दोस्रो नेपाली खेलाडी बन्दैछन्। श्रीलंकाविरुद्ध उनले ५० रन भन्दा माथि स्कोर गरेमा उनी नेपालका लागि टी-२० खेलमा दशौं पटक ५० भन्दा बढी रन स्कोर गर्ने दोस्रो ब्याटर बन्नेछन्। नेपालका लागि दीपेन्द्रसिंह ऐरी दश पटक ५० रनभन्दा बनाउने पहिलो खेलाडी हुन्। यद्यपी कुशलले पछिल्लो चार इनिङमा १० रनभन्दा कम स्कोर गरेका छन्। तीन खेलमा त उनी डक आउट भएका छन्।
● श्रीलंकाका डासुन सनाका (१,४५६ रन) आफ्नो देशका लागि सर्वाधिक टी-२० रन बनाउने चौथो खेलाडी बन्नबाट ३८ रन टाढा छन्। उनले नेपालविरुद्ध ३८ रन बनाए महेला जयवर्धने (१,४९३ रन) लाई उछिन्ने छन्।
● रोहित पौडेल (९५ चौका) सय वा सोभन्दा बढी प्रहार गर्ने चौथो नेपाली ब्याट्सम्यान नजिक छन्। यसअघि नेपालका लागि (दीपेन्द्र सिंह ऐरी - १२६, कुशल भुर्तेल - १११ र आसिफ शेख - १००) सय चौका प्रहार गरेका थिए। रोहितले नेदरल्यान्ड्सविरुद्ध पाँच चौका प्रहार गरेका थिए।
● वानिन्दु हसरंगा (३५ विकेट) लसिथ मालिंगा (३८ विकेट) को रेकर्ड बराबरी गर्न तीन विकेट टाढा छन्। श्रीलंकाका लागि मालिंगाले सर्वाधिक विकेट लिने रेकर्ड बनाएका थिए।