आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ।
शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर ११५ रन बनाएको हो।
दक्षिण अफ्रिकालाई सामान्य रनमा समेट्न कुशल भूर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
क्वीन्टर डिककले १०, कप्तान एड्न मक्रमले १५, हेनरिच क्लासेनले ३, डेविड मिलरले ७ रन जोडे।
मार्को जनसेन १ र कगिशो रबाडा शून्यमा आउट हुँदा ट्रिस्टन स्टुब्स २७ रन बनाएर नट आउट रहे।
नेपाल अन्तिम आठमा पुग्नका लागि आजको खेल जित्नुपर्न दवाब छ।