आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।
आठौं ओभरमा नेपालका ओपनर कुशल भूर्तेल र कप्तान रोहित पौडेल आउट भएका हुन्।
ओभरको दोस्रो बलमा भूर्तेल चौथो बलमा पौडेल बोल्ड आउट भएका हुन्।
भूर्तेलले आउट हुनुअघि २१ बलमा १ चौका र १ छक्का प्रहार गरी १३ रन बनाए।
पौडेल २ बलमा शून्यमा आउट भए। पौडेलको विकेटपछि अनिल साह ब्याटिङमा आएका छन्।
९ ओभर सकिँदा नेपालले २ विकेट गुमाएर ४२ रन बनाएको छ।