आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्डलाई फाइदा पुगेको छ।
आइतबार बिहान भएको खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया समूह चरणमा अविजित रहँदै शीर्ष रहेर अन्तिम आठमा प्रवेश गर्दा स्कटल्याण्ड बाहिरिएको छ।
स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टाएको थियो।
स्कटल्याण्ड पराजित हुँदा समूहको दोस्रो स्थानमा रहेको इंग्ल्याण्ड अन्तिम आठमा पुगेको छ।
आजको खेल जित्न सकेको भए स्कटल्याण्ड अन्तिम आठमा प्रवेश गर्थ्यो।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १८० रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको पनि थियो।
ट्राविस हेड, मार्कस स्टोइनिस र टिम डेविडको विस्फटक ब्याटिङबाट फराकिलो योगफलका बाबजुद स्कटल्याण्ड बन्यो।
हेडले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरी ६८ रन बनाए।
मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र १ छक्का हानेर ५९ रनको योगदान गरे।
खेल जिताउन निर्णायक सावित भएका टिम डेविडले १४ बलमा २ चौका र १ छक्का हानेर २४ रन बनाए।
अष्ट्रेलियाका अन्य ब्याटर आज चल्न सकेनन्।
बलिङतर्फ स्कटल्याण्डका सफयान सरिफ र मार्क वाटले २/२ तथा ब्राड विलले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५ विकेट गुमाएर १८१ रन बनाएको थियोऽ
त्यस क्रममा कप्तान रिची बेरिङ्टन ४२ रन बनाएर नट आउट रहे। उनले ३१ बलमा १ चौका र २ छक्का हाने।
त्यस्तै ब्रान्डन मिकमुलेनले ३४ बलमा २ चौका र ६ छक्का हानेर ६० रनको योगदान गरे।
ओपनर जर्ज मुनसेले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ रन जोडे।
बलिङतर्फ ग्लेन म्याक्सवेलले २ तथा एस्टन अगर,नाथन इलिस र एडम जाम्पाले एक/एक विकेट लिए।