आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ।
आज करण केसी बेन्चमा छन्। उनको स्थानमा सन्दीप जोरालाई खेलाइएको छ।
नेपाल अन्तिम खेलअघि नै अन्तिम ८ बाट बाहिरिसकेको छ।