आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ।
टस जितेर पहिले बलिङ गरेको नेपालले दोस्रो ओभरमा दोस्रो विकेट लिएको हो।
दोस्रो ओभरमा बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ओभरको तेस्रो बलमा विकेट लिएका हुन्।
उनले बंगलादेशका कप्तान नजमूल हुसेन शान्तोलाई बोल्ड गरेका हुन्।
आउट हुनुअघि ५ बल खेलेर ४ रन मात्रै बनाएका थिए।
उनको विकेट पछि शाकिब अल हसन ब्याटिङमा आएका छन्।
तेस्रो ओभर जारी रहँदा बंगलादेशले दुई विकेट गुमाएर १३ रन जोडेको छ।