आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको हो।
बंगलादेशका तान्जिम हसन शाकिमको बलमा २.२ ओभरमा ओपनर कुशल भूर्तेल र २.४ ओभरमा अनील साह आउट भएका हुन्।
आउट हुनुअघि कुशल भूर्तेलले ८ बल खेलेर ४ रन बनाए भने अनील शून्यमै आउट भएका हुन्।
अनिलको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।
४ ओभर सकिँदा नेपालले २ विकेट गुमाएर २० रन बनाएको छ।