आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले पाचौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई गुमाएको हो।
कप्तान पौडेल बंगलादेशका तान्जिम हसन शाकिबको बलमा रिसद हुसेनबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि ६ बल खेलेका रोहितले १ रन मात्रै बनाए।
उनको विकेटपछि सन्दीप जोरा ब्याटिङमा आएका छन्।
पाँच ओभर सकिँदा नेपालले ३ विकेट गुमाएर २० रन जोडेको छ।