आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं ओभरको चौथो बलमा ओपनर आशिफ शेखलाई गुमाएको हो।
आशिफलाई बंगलादेशका मुस्ताफिजुर रहमानको बलमा शाकिब अल हसनबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि १४ बल खेलेका आशिफले ४ चौका प्रहार गरी १७ रन बनाएका थिए।
उनको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।