आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले छैटौं विकेट गुमाएको छ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले १६.४ ओभरमा छैटौं विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो।
मल्ल मुस्ताफिजुर रहमानको बलमा नजमुल हुसेन शान्तोबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि मल्लले ४० बलमा १ चौका र १ छक्का हानेर २७ रन बनाए।
उनको विकेटपछि गुल्सन झा ब्याटिङमा आएका छन्।
१८ ओं ओभरको खेल जारी रहँदा नेपालले ६ विकेट गुमाएर ८५ रन बनाएको छ।