आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले सातौं विकेट गुमाएको छ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले १७.५ सातौं ओभरको रूपमा गुल्सन झालाई गुमाएको हो।
झा तास्किन अहमदको बलमा टोहिड हृदोयबाट क्याच आउट भएका हुन्। चार बल खेलेका गुल्सन शून्यमा आउट हुन पुगे।
उनको विकेटपछि सोमपला कामी ब्याटिङमा आएका छन्।
१९ ओं ओभरको खेल जारी रहँदा नेपालले ६ विकेट गुमाएर ८५ रन बनाएको छ।