आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ।
गएराति भएको सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो।
१९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेट गुमाएर १७६ रनमात्रै बनाउन सक्यो।
अमेरिकाका लागि ओपनर एन्ड्रिज गोस विस्फोटक ब्याटिङ गर्दं नट आउट रहे। उनले ४७ बल खेलेर ५ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए।
अर्का ओपनर स्टेभन टेलरले १४ बलमा ४ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे।
हर्मित सिंहले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३८ रनको योगदान गरे।
कप्तान आरोन जोन्स शून्यमा आउट हुँदा नितिश कुमार ८ रनमा, कोरे एन्डरसन १२ रनमा, शायान जहंगिर ३ रनमा आउट भए।
बलिङतर्फ दक्षिण अफ्रिकाका कगिशो रबाडाले ३ तथा केशव महाराज, एनरिच नोर्त्जे र तबरेज शम्शीले एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट मात्रै गुमाएर १९४ रनको योगफल तयार पारेको थियो।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीन्टन डीककले विस्फोटक ब्याटिङ गर्दै ७४ रन बनाए। उनले ४० बलमा ७ चौका र ५ छक्का हाने।
कप्तान ऐडेन मक्रमले ३२ बला ४ चौका र १ छक्का प्रहार गरी ४६ रन जोडे।
हेनरिच क्लासेनले २२ बलमा ३ छक्का हानेर ३६ रन तथा ट्रिस्टन स्टुब्स १६ बलमा २ चौका प्रहार गरी २० रन बनाएर नट आउट रहे।
डेविड मिलर शून्यमा आउट हुँदा ओपनर रेजा हेन्ड्रिक्सले ११ रन बनाए।
बलिङतर्फ हर्मित सिंह र शौरभ नेत्रवल्करले २/२ विकेट लिए।
जितसँगै जारी टी२० विश्वकपमा पाँच खेल खेल्दै दक्षिण अफ्रिका अविजित छ।
अन्तिम आठमा दक्षिण अफ्रिकाले इंगल्याण्ड र वेस्ट इण्डिजसँग खेल्नेछ।