आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा अफगानिस्तान ५६ रनमै अल आउट भएको छ।
बिहीबारदेखि सुरू भएको सेमिफाइनलको पहिलो खेलमा दक्षिण अफ्रिकाविरूद्धविरूद्ध अफगानिस्तान ११.५ ओभर खेलेर ५६ रनमा समेटिएको हो।
अफगानिस्तानले आज बनाएको योगफल टी-२० विश्वकपको सेमिफाइनल खेलमा बनेको अहिलेसम्मको कम योगफल हो।
उक्त योगफल अफगानिस्तानले टी-२० विश्वकपमा बनाएको अहिलेसम्मकै कम योगफल पनि हो।
अफगानिस्तानलाई ५६ रनमा अल आउट गर्न दक्षिण अफ्रिकाका मार्को जनसेन र तबरेज शम्शीले ३/३ विकेट लिए। कगिशो रबाडा र एनरिच नोर्त्जीले २/२ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका लागि अजमत उल्लाह ओमरजइले बनाएको १० रन सर्वाधिक रह्यो।
रहमानउल्लाह गुर्बाज, मोहम्मद नाबी र नूर अहमद शून्यमा आउट भए।
इब्राहिम जद्रान २ रन, गुलबदिन नइब ९ रन, नागियालीया खरोते ८ रनमा, करिम जनत ८ रन, रसिद खान ८ रन र नवीन उल हक २ रनमा आउट भए।
अफगानिस्तानविरूद्ध जित निकाल्न सकेको अवस्थामा दक्षिण अफ्रिका पहिलो पटक फाइनल पुग्नेछ।