आइसिसी टी-२० विश्वकपको उपाधि भिडन्तमा भारतले दक्षिण अफ्रिकाविरूद्ध पावरप्लेमा तीन विकेट गुमाएको छ।
बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पाचौं ओभरमा तीन विकेट गुमाएको हो।
दक्षिण अफ्रिकाका केशव महाराजको बलमा भारतका कप्तान रोहित शर्मा दोस्रो ओभरको चौथो बलमा आउट भए।
आउट हुनुअघि उनले ५ बलमा २ चौका हानेर ९ रन बनाएका थिए।
त्यसपछि आएका रिशभ पन्त दोस्रो बलमै आउट भए। उनलाई पनि केशव महाराजले क्वीन्टन डीककबाट क्याच आउट गराएका हुन्।
पन्तको विकेटपछि मैदानमा आएका सूर्यकुमार यादव कगिशो रबाडाको बलमा ४.३ ओभरमा हेनरिक क्लासेनबाट क्याच आउट भए।
आउट हुनुअघि यादवले ४ बलमा ३ रन बनाएका थिए।
सूर्यकुमारको विकेटपछि अक्षर पटेल ब्याटिङमा आएका छन्।
ओपनर विराट कोहली २३ रनमा २८ रन बनाएर खेलिरहेका छन्।
८ ओभर सकिँदा भारतले तीन विकेट गुमाएर ५९ रन बनाएको छ।