श्रीलंकाका पूर्वकप्तान सनथ जयसूर्या भारतविरूद्धको घरेलु शृंखला र सेप्टेम्बरको मध्यमा इङ्ल्यान्डमा हुने टेस्ट शृंखलाका लागि अन्तरिम मुख्य प्रशिक्षक हुने भएका छन्।
जयसूर्याको पहिलो सिनियर टोलीको पहिलो प्रशिक्षण अनुभव हुनेछन्। यद्यपी उनले यसअघि श्रीलंकाको मुख्य चयनकर्ता तथा क्रिकेट सल्लाहकारणको भूमिकामा काम गरेका थिए।
सन् २०२४ को टी–२० विश्वकप सकिएसँगै क्रिस सिल्भरउडले पदबाट राजीनामा दिएपछि श्रीलंका क्रिकट बोर्डको यो निर्णय आएको हो। बोर्डका प्रमुख कार्यकारी एश्ले डी सिल्भाले प्रशिक्षकका लागि बोर्डले विज्ञापन गर्ने बताएका थिए।
जयसूर्याको नियुक्तिको बारेमा डी सिल्भाले भनेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट अनुभवको भएका सनथ राष्ट्रिय टोलीलाई मार्गदर्शन गर्न राम्रोसँग स्थितिमा छन्, जबसम्म हामी स्थायी समाधान खोज्दैनौं उनी टोलीको प्रशिक्षक हुनेछन्।’
जयसूर्या अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप अभियानमा पुरुष टोलीसँगै थिए। आइसिसीको भ्रष्टाचार विरोधी इकाईद्वारा सञ्चालित भ्रष्टाचार सम्बन्धी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेको कारण उनीमाथि दुई वर्षको प्रतिबन्ध थियो। त्यसपछि उनको आधिकारिक रूपमा यो पहिलो भूमिका थियो।
मुख्य चयनकर्ताको रूपमा उनको कार्यकाल अन्य कारणहरूले पनि विवादमा परेको थियो। उनीमाथि तत्कालीन सरकारसँग सम्बन्धित खेलाडीलाई प्राथमिकता दिएको आरोप लगाइएको थियो।
जयसूर्या लंका प्रिमियर लिगको २०२३ सिजनका लागि डम्बुलाको क्रिकेट निर्देशक पनि थिए, जहाँ उनले रणनीतिक योजना सहित फ्रन्चाइजीका लागि विभिन्न भूमिकामा काम गरेका थिए। २०२२ मा उनी क्यान्डी फाल्कन्सका लागि एक सिजनमा टिम मेन्टर थिए।
जयसूर्या सन् १९९० दशकको श्रीलंकाका सबैभन्दा चर्चित क्रिकेटरहरू मध्ये एक थिए। उनी १३,४३० रन बनाएर एकदिवसीयमा पाँचौं सर्वाधिक रन बनाउने खेलाडी बनेका बनेका थिए।