वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपाल अभ्यास खेलमा लगातार दोस्रो खेलमा पराजित भएको छ।
बुधबार एसएल डेभलवमेन्ट स्क्वाडसँग नेपाल ४ विकेटले पराजित भयो।
नेपालले दिएको १०७ रनको लक्ष्य एसएलले १ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो। एसएलका लागि एन सेनारत्नेले २७ रन जोडिन्।
बलिङमा नेपालका सवनम राई र कविता जोशीले एक एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०६ रन जोड्यो। नेपालका लागि कविता कुँवरले २९ रन र कप्तान इन्दू बर्माले २८ रन जोडे।
यसअघि मंगलबार एसएल डेभलवमेन्ट स्क्वाडविरूद्धको पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो।
श्रीलंकामा जुलाई १९ देखि सुरु हुने एसिया कपमा नेपाल समूह 'ए' मा छ। नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा हुनेछ।