एसिसी महिला एसिया कपमा युएईमाथि पाकिस्तानले १० विकेटको जित निकालेको छ।
समूह ‘ए’ को खेलमा उत्कृष्ट जित निकालेसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ।
यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपाललाई हराएको थियो।
मंगलबार पाकिस्तानले युएईले दिएको १०४ रनको लक्ष्य १४.१ ओभरमा विकेट नगुमाइ पार गर्यो। उसको जितमा गुल फेरोजाले नटआउट ६२ रन र मुनीबा अलीले नटआउट ३७ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा १०३ रन जोड्यो। उसका लागि तीर्था सतिथले ४० रन बनाइन्।
युएईले खेलेका तीनै खेलमा हार बेहोरेको छ। यसअघि युएईलाई नेपाललाई पराजित गरेको थियो।
नेपालले भने आफ्नो अन्तिम खेलमा आज साँझ सवा सात बजे भारतसँग खेल्नेछ। भारतलाई फराकिलो अन्तरले पराजित गरे मात्र नेपाल अन्तिम चारमा पुग्नेछ। आज पाकिस्तानको जितसँगै नेपालको सेमिफाइनल यात्रा कमजोर बनेको हो।