एसिसी महिला एसिया कपमा भारत उपाधि नजिक पुगेको छ। शुक्रबार श्रीलंकामा भएको पहिलो सेमिफाइनल खेलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र जोडेको थियो। उसका लागि कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडेकी थिइन्।
बलिङमा भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदा १० रन मात्र खर्चिइन्। यस्तै राधा यावदले पनि ३ विकेट हात पार्दा १ मेडन राखेर १४ रन दिइन्।
८१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। उसका लागि शफली बर्माले नटआउट २६ रन र स्मृति मन्धनाले नटआउट ५५ रन जोडे।
अर्को सेमिफाइनलमा आजै पाकिस्तान र श्रीलंका भिड्दैछन्।