श्रीलंकाले भारतविरूद्ध २७ वर्षपछि एकदिवसीय सिरिज जित्न सफल भएको छ। बुधबार भएको तेस्रो एकदिवसीय खेलमा भारतलाई ११० रनले पराजित गरेसँगै श्रीलंकाले सिरिज २-० ले जित्यो।
यसअघि पहिलो एकदिवसीय खेल बराबरी हुँदा दोस्रो खेलमा श्रीलंका ३२ रनले विजयी भएको थियो। श्रीलंकाले सन् अगस्ट १९९७ पछि भारतलाई एकदिवसीय सिरिजमा पराजित गर्न सकेको थिएन।
बुधबार पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले पाथुन निशंकाको ४५ रन, अभिस्का फर्नान्डोको ९६ रन र कुशल मेन्डिसको ५९ रनको मद्दतमा २४८ रन जोडेको थियो।
बलिङमा भारतका रियान परागले ३ विकेट लिएका थिए।
२४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा १३८ रनमै अलआउट भयो। उसका लागि ओपनर तथा कप्तान रोहित शर्माले सबैभन्दा बढी ३५ रन जोड्दा सात ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा श्रीलंकाका दुनिथ वेलालगे ५.१ ओभरमा २७ रन खर्चिदा ५ विकेट लिए।