बंगलादेशले पाकिस्तानविरूद्ध टेस्ट खेलमा पहिलो जित दर्ता गराएको छ।
आइतबार पाकिस्तानको रावलपिण्डीमा सकिएको पहिलो टेस्टमा पाकिस्तानविरूद्ध बंगलादेशले १० विकेटको ऐतिहासिक जित निकालेको हो।
यसअघि पाकिस्तान र बंगलादेशबीच भएका १३ टेस्टमध्ये पाकिस्तानले १२ टेस्ट जितेको थियो भने एक टेस्ट बराबरीमा सकिएको थियो।
आइतबार दोस्रो इनिङ्ग्समा पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले विकेट नगुमाइ पार गर्यो।
त्यसअघि पाकिस्तान दोस्रो इनिङ्ग्समा १४६ रनमै अलआउट हुँदा बंगलादेशले ३० रनको झिनो लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्ग्समा पाकिस्तानका लागि मोहमद रिजवालने सर्वाधिक ५१ रन जोड्दा बलिङमा बंगलादेशका महेदी हसनले ४ विकेट लिए भने सकिब अल हसनले ३ विकेट लिन सफल भए।
पहिलो इनिङ्ग्समा पाकिस्तानले ४४८/६ हुँदा इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। जसमा पाकिस्तानका लागि साउद शकीलले १४१ रन र मोहमद रिजवानले १७१ रन बनाएका थिए।
यद्यपी बंगलादेशले पनि पहिलो इनिङ्ग्समा उत्कृष्ट ब्याटिङ गर्दै पाकिस्तानलाई जवाफ दिएको थियो।
बंगलादेशले पहिलो इनिङ्ग्समा ५६५ रन जोड्दै ११७ रनको अग्रता लिएको थियो। बंगलादेशका लागि शदमन इस्लामले ९३ रन, मोनिमुल हकले ५० रन, मुस्ताफिजुर रहिमले १९१ रन, लिन्टन दासले ५६ र मेहदी हसनले ७७ रन बनाएका थिए।
रहिम खेलको प्लेयर अफ दि म्याच भएका छन्।