आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरूद्धको खेलमा नेपालले टस जितेको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
खेलका नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। अघिल्लो खेल खेलेका ललित राजवंशीको स्थानमा कुशल मल्ललाई स्थान दिइएको छ।
नेपाली टोली : अनिल साह, आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।
सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई घरेलु टोली अमेरिकाले ३ विकेटले पराजित गरेको थियो। सिरिजमा स्कटल्यान्डले पहिलो खेलमा अमेरिकाविरूद्ध १० विकेटको जित निकालेको थियो।
लिग-२ को तेस्रो सिरिज खेल्न लागेको नेपालले ९ मध्ये एक खेलमा मात्र जित निकालेको छ।