हङकङ सिक्सेसमा नेपालले इंग्ल्याण्डविरूद्ध सानदार जित निकालेको छ।
शुक्रबार बिहान सकिएको खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो।
इंग्ल्याण्डले दिएको ९७ रनको लक्ष्य नेपालले विनाविकेटको क्षतिमा ११ बल अघि नै जितेको हो।
नेपालका लागि कप्तान सन्दीप जोराले अर्धशतक हाने। उनले १२ बलमा ३ चौका र ६ छक्का हाने। उनी दोस्रो ओभरको अन्तिम बलमा चोटग्रस्त भइ मैदान बाहिरिएका थिए।
ओपनर लोकेश बम ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाउँदै नट आउट रहे।
त्यस्तै रसिद खानले ५ बल खेलेर २ चौका र २ छक्का प्रहार गर्दै २१ रन बनाए।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५.५ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो।
इंग्ल्याण्डका लागि कप्तान रवि बोपराले ४९ रन हाने। उनले १२ बलमा १ चौका र ७ छक्का हाने।
त्यस्तै समित पटेलले १७ बलमा ३ चौका र ३ छक्का हानेर ३९ रन बनाए। एड बर्नाडले ४ बलमा ५ रन हाने।
बलिङतर्फ प्रतिश जिसीले २ विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले एक/एक विकेट लिए। समित पटेल पाँचौं ओभरको पाँचौं बलमा रन आउट भएका थिए।
नेपालले दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ मा खेल्नेछ।