अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने 'आइसिसि डेभलपमेन्ट अवार्ड' अन्तर्गत ‘आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ को ग्लोबल नोमिनीमा नेपाल क्रिकेट संघ (क्यान) छनोट भएको छ।
यो विधामा नेपालले एसियाली रिजनको विजेताको अवार्ड पाएको छ।
एसियाली रिजनल विजेताको रूपमा नेपाल क्रिकेट संघ ग्लोबल नोमिनी छनोट भएको हो।
नेपालसँगै यस विधा अन्तर्गत अफ्रिका रिजनबाट नामिबिया, अमेरिका रिजनबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया छनोट भएका छन्।
त्यसैगरी आइसिसी एक्स रेक्सोना क्रियो फेस्टिबल अफ दि इयरको विश्वको सर्टलिस्टिङमा परेको छ। यो विधाअन्तर्गत नेपालसँगै, तान्जानिया, युएई, इण्डोनेसिया र साउदी अरब छनोट भएका छन्।