टोटनह्यामले २८ वर्षपछि पहिलोपटक चेल्सीलाई हराएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति टोटनह्यामले साबिक विजेता चेल्सीलाई ३–१ ले हराएको हो।
खेलको ३० औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको घरेलु टोली चेल्सी त्यतीमै सिमित भयो। पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियन एरिक्सनले टोटनह्यामका लागि बराबरी गोल फर्काए।
चेल्सीको घरेलु मैदानमा पहिलो हाफ १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा आक्रमक देखिएको टोटनह्यामले थप दुई गोल गर्यो।
डेल अलीले ६२ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई २-१ को अग्रता दिलाए। त्यसको चार मिनेटपछि अलीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाए।
यो जित चेल्सीमाथि टोटनह्यामले २८ वर्षपछि दर्ता गरेको हो । यसअघि सन् १०९० सालमा टोटनह्यामले चेल्सीलाई हराएको थियो।
यो जितसँगै टोटनह्यामको ३१ खेलबाट ६४ अंक भएको छ । पाँचौँ स्थानमा रहेको चेल्सीको ३१ खेलबाट ५६ अंक भएको छ। शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ८४ अंक छ। दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको ६८ र तेस्रो स्थानमा रहेको लिभरपुल १ खेल बढी खेल्दै ६६ अंक बनाएको छ।
 
  
  
  
  
 