स्पेनिस क्लव बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ।
स्पेनिस लालिगा अन्तर्गत गएराती अल्फान्जोमा गाेलरहित बराबरी खेल्दै बार्सिलोनाले गेटाफेसँग अंक बाढेको हो।
लिग तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोना जारी सिजनमा लगातार दुई खेल गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भएको छ।
गेटाफे अंक तालिकाको १५ औं स्थानमा छ।
यसअघि गिरोनासँग बार्सिलोनाले गोलरहित बराबरी खेलेको थियो।
दुई खेल बराबरीमा टुंगिएपनि अंकतालिकामा बार्सिलोनाको शीर्षस्थान कायमै छ।
२९ खेलबाट ७३ अंक बटुलेको बार्सिलोनाको दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ११ अंकको अन्तर छ।
रियलको २९ खेलबाट ६२ अंक छ। जारी लिगमा अब ९ चरणको खेल बाँकी छ।