युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ।
सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लव म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्ने तय भएको छ।
गएराती क्वार्टरफाइनलको अन्तिम लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिकलाई १–१ को बराबरीमा रोक्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो।
रियलसँगको पहिलो लेगमा सिटी ३–० गोलले विजयी भएको थियो। गएराती बराबरी खेलेपछि समग्र ४–१ गोलको जितसँगै सिटी च्याम्पियन्स लिगको सेमिफाइलन प्रवेश गरेको हो।
चेल्सीलाई समग्रमा ४–० गोलले पराजित गर्दै रियल यसअघि नै सेमिफाइनल पुगिसकेको थियो।
गएरातीकै अर्को खेलमा बेन्फिकालाई ३–३ को बराबरीमा रोक्दै इन्टर मिलान समग्रमा ५–३को जितसहित सेमिफाइनल प्रवेश गरेको थियो।
अघिल्लो क्वार्टरफाइनलमा नापोलीमाथि २–१ को जित निकाल्दै एसी मिलान सेमिफाइनल पुगेको थियो।*