इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित हात पारेको छ। लिभरपुलले शनिबार भएको खेलमा नटिघम फरेस्टलाई ३-२ गोलले पराजित गर्यो।
लिभरपुलका लागि जोटाले खेलको ४७ र ५५ मिनेटमा गरी दुई गोल गरे।
मोहमद सलाहले ७० मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरेका थिए।
त्यसअघि फरेस्टका विलियम्सले ५१ मिनेटमा बराबरी गोल गरेका थिए।
यस्तै गिब्स ह्वाइटले ६७ मिनेटमा गोल गर्दा उसले दोस्रो पटक खेलमा बराबरी गरेको थियो।
तर सलाहको गोलबाट लिभरपुलले तेस्रो पटक अग्रता लिन सफल भएको थियो।
लिगमा लिभरपुल शीर्ष चारको दौडमा छ। अंक तालिकाको सातौं स्थानमा उक्लिएको लिभरपुलको ३१ खेलबाट ५० अंक छ। लिभरपुल चौथो स्थानमा रहेको न्युकासलसँग ६ अंकले पछि छ।