स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।
आइतबार घरेलु मैदानमा बार्सिलोनाले १-० गोलको जित निकालेको हो।
बार्सिलोनाको जितमा फेरान टोरेशले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको ४४ मिनेटम गोल गरेका थिए।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ।
बार्सिलोनाको ३० खेलबाट ७६ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको ६५ अंक छ।
बार्सिलोनासँग पराजित एट्लेटिको ६० अंक जोड्दै तेस्रो स्थानमा छ।