स्पेन फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। स्पेन महिला विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक हो।
मंगलबार न्युजिल्यान्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्विडेनमाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधि नजिक पुगेको हो।
खेलमा भएका तीनै गोल ८० मिनेटपछिको ८ मिनेट भित्रमा हुँदा खेल रोमाञ्चक बनेको थियो।
स्पेनको जितमा ओग्ला कार्मोनाले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको ८९ मिनेटमा अबेलेरियाको पासमा गोल गर्दा स्पेनले खेलमा २-१ गोलको अग्रता लिन सफल भएको थियो।
त्यसको एक मिनेटअघि मात्र स्विडेनले बराबरी गोल गर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो। ८८ मिनेटमा स्विडेनकी रेबिकाले बराबरी गोल गर्दै आफ्नो टिमको आसा जगाएको थिइन्।
खेलमा स्पेनले ८१ मिनेटमा अग्रता लिएको थियो। स्पेनका लागि सल्मा पारालुइलोले पहिलो गोल गर्न सफल भएकी थिइन्।
अब उपाधिका लागि स्पेनले अस्ट्रेलिया वा इंग्ल्यान्ड मध्ये एक टिमसँग भिड्नेछ।
अस्ट्रेलिया र इंग्ल्यान्ड फाइनलमा पुग्न भोलि प्रतिस्पर्धा गर्दैछन्। फाइनल शनिबार हुनेछ।