एएफसी कप छनोटअन्तर्गत नेपालको मछिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित भएको छ। यससँगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।
बुधबार कोलकतामा भएको दोस्रो चरणको छनोटमा मछिन्द्र ३-१ गोलले पराजित भएको हो।
मोहन बगानका लागि अनवार अलीले ३८ मिनेटमा पहिलो गोल गरे।
५९ मिनेटमा जासन कमिङग्सले अग्रता दोब्बर पारे। मछिन्द्रका लागि मेसउकेले ७८ मिनेटमा गोल फर्काए।
तर ८६ मिनेटमा अलीले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्र हार नजिक पुगेको थियो।
यसअघि छनोटको पहिलो चरणमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३-२ गोलले हराएको थियो।