स्विडेनले फिफा महिला विश्वकप २०२३ को तेस्रो स्थानमा हात पारेको छ।
शनिबार भएको तेस्रो स्थानको खेलमा सह-आयोजक अस्ट्रेलियालाई २-० गोलले पराजित गर्दै स्विडेन तेस्रो भएको हो।
स्विडेनको जितमा रोल्फोले ३० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरिन्।
६२ मिनेटमा अस्लानीले अग्रता दोब्बर बनाएकी थिइन्।
उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।