स्पेनिस ला लिगमा रियल म्याड्रिडले अल्मेरियालाई ३-१ गोलले पराजित गरेको छ।
खेलको तेस्रो मिनेटमै अरिबासको गोलबाट घरेलु टिम अल्मेरियाले अग्रता लिएको थियो।
तर १९ मिनेटमा बेलिङघमले रियलका लागि बराबरी गोल गरे। उनले ६० मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियलले खेलमा अग्रता लियो।
रियलका लागि तेस्रो गोल ७३ मिनेटमा भिनिसियस जुनियरले गरेका थिए।
ला लिगामा रियलले लगातार दोस्रो खेलमा जित हात पारेको हो।