स्पेनिस ला लिगामा बार्सिलोनाले पहिलो जित हात पारेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले कार्डिजलाई २-० गोलले पराजित गर्यो।
बार्सिलोनाका लागि पेड्रीले ८२ मिनेटमा पहिलो गोल गर्दा फेरान टोरेशले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा अग्रता दोब्बर पारे।
पेड्रीलाई गुन्डोगान र टोरेशलाई लेवान्डोवस्कीले गोलका लागि पास दिएका थिए।
यता लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडलाई रियल बेटिसले गोलरहित बराबरीमा रोकेको छ।
गिरोनाले गेटाफेलाई ३-० गोलले पराजित गरेको छ।