राष्ट्रिय यू–१९ टोलीको बन्द शिविरका लागि ३५ खेलाडी छनोट भएका छन्।
टोलीले काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ मा भाग लिनेछ । प्रतियोगिता सेप्टेम्बर २१ देखि ३० सम्म हुनेछ।
बन्द शिविरका लागि जिल्ला, प्रदेश र केन्द्रीय तहमा विभिन्न चरणको छनोटपछि नाम टुंगो लागेको हो ।
टोली
गोलकिपरः कृशाल मोक्तान, जियारथ शेख, रुबिन बोगटी, चन्द्रसुन्दर श्रेष्ठ, अमित टमाटा
डिफेन्डरः सेमन्त थापा, प्रितम कार्की, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरसैनी, दीपक थापा मगर, राम थापा, निसाङ लिम्बु, निशान्त तामाङ, गौरव महर्जन, पाल्देन गुरुङ
मिडफिल्डरः कुशल देउवा, लच्छु थापा, सरोज दर्लामी, प्रशान्त लक्ष, अविनाश स्याङ्ताङ, असिम जङ्ग कार्की, अनिल बम्जन, मनिष जरगा मगर, धनसिंह विक, हरिशराज भट्ट, निरोज कार्की, नेल्सन तामाङ
फरवार्डः समीर तामाङ, निरञ्जन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी, योगेन्द्र कार्की, माइकल गर्बुजा